कन्चनपुरमा सम्पत्तिमाथि महिलाको स्वामित्व बढ्दै

महिलाका नाममा घर–जग्गा रजिस्ट्रेसन पास गर्दा करछुटको व्यवस्था भएसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढेको हो ।

आन्दोलनको असरः हरियो चियापत्ति कामै नलाग्ने गरी हुर्कियो, श्रमिकको दैनिकी कस्टकर

सरकारले तोकेबमोजिमको सेवा–सुविधा पाउनुपर्ने माग गर्दै चिया बगानका श्रमिकहरु आन्दोलनमा उत्रिएपछि इलामका चिया बगान र कारखानामा अवरोध पुगेको छ ।

पुष्पलाल लोकमार्ग निर्माणको काममा ढिलाइ

२०७५ सालभित्र कालोपत्र सक्ने योजना थियो । मिति थपेर २०७७ साल पुर्‍याइएपनि ठेकेदारको कामले लक्ष्य भेटाउन कठिन देखिएको छ ।

‘नीति तथा कार्यक्रम स्वागतयोग्य’

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया आएको छ ।

‘नीति तथा कार्यक्रम अहिलेसम्मकै सबैभन्दा लामो र प्रचारमुखी’

नीति तथा कार्यक्रममा विगतमा भएको कार्यक्रमकोमात्रै समीक्षा गरिएको, काल्पनिक र सपना बाँड्नेखालकोमात्र भएको उनको भनाइ थियो ।

बारा र पर्साका हावाहुरीपीडितका लागि आवास निर्माण सुरु, साउनभित्रै सक्ने लक्ष्य

संघीय सरकारका १० मन्त्रीसहित प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले शनिबार बारा र पर्साका ११ ठाउँमा एकैसाथ घर निर्माणको शिलान्यास गरे ।

चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य शीघ्र प्रारम्भ गरिने सरकारको भनाइ छ ।

असार १९ देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमित उडान थाल्ने

असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने घोषणा गरेको हो । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन वटा उडान मंगलबार, बिहीबार र शनिवार हुने जानकारी दिएको छ ।

ढुक्क भएर नेपालमा लगानी गर्नुस्ः प्रधानमन्त्री ओली

वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै उनले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताए । प्रधानमन्त्रीले, ‘निजी क्षेत्रलाई हरतरहले सघाइरहेका छौँ, सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको छ’ भने ।

नेपालको जलविद्युतमा बंगलादेशले लगानी गर्ने

इपानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शैलेन्द्र गुरागाइँले हाल नेपाल विद्युत् प्राधिकरणले नै गरेको विद्युत् खरीद सम्झौता गरेकै मूल्यका आधारमा नौ हजार मेगावाट विद्युत् बिक्री गर्ने वातावरण बनेमा मात्रै तीन खर्ब ६० अर्ब रुपैयाँ बराबरको वार्षिक आम्दानी हुने जानकारी दिए ।