राजश्वमा गुणात्मक वृद्धि गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार चितवनमा निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्यामात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन् ।

उमाविका लागि सञ्चालित महायज्ञबाट ५६ लाख रुपैंयाँ संकलन

पाँचथरमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न गरिएको महायज्ञबाट ५६ लाख रुपैयाँ संकलन भएको छ ।

गहुँबालीमा आगलागी, ६ लाख रुपैयाँभन्दा बढीको क्षति

पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने कुस्मा गाउँमा लगाइएको करिब साढे ३ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट भएको छ ।

'नेपाल भ्रमण वर्ष २०२०' पोखरामा उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् ।

खोलौं बैंक खाता अभियान सुरु गर्दै प्रधानमन्त्रीले भने– आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्छ

प्रधानमन्त्री ओलीले अब भिख माग्नेहरु नरहने दोहोर्‍याउँदै यसका लागि १ करोडको अक्षय कोष स्थापना गरेको र मासिक २ हजार रुपैयाँ दिइने बताए ।

रुचाउन थाले केराका परिकार

रेस्टुराँमा अहिले केराका ४० थरीका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन् । हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्राण्डी लगायतका परिकार पाइन्छन् ।

सुरु भयो सबै नेपालीको बैंक खाता अभियान, प्रधानमन्त्रीका बुबा र सासूले खोले खाता

चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन् ।

हिलेमा खाना महोत्सव

महोत्सवमा जातीय तथा स्थानीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूलको परिकारहरु राखिएको छ ।

बाराको सेजमा आन्तरिक सडकको काम अन्तिम चरणमा

निर्माण अवधि माघ मसान्तसम्म रहे पनि ‘ए’ ब्लकभित्र पूर्वाधार निर्माण गर्नेक्रममा ८३ प्रतिशत सडक सन्जाल र नालाको काम सम्पन्न भएको हो ।

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

सेयरबजारमा सामूहिक लगानीका लागि स्थापना भएका म्यूचुअल फन्डले आफ्नो कुल आर्जनको ३० प्रतिशत कर तिर्नुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।