नेपालमै बेचिएर तेस्रो मुलक पुग्छन् महिलाः कुवेतमा बेचिएकी महिलाको कथा (भिडियो)

news

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । स्वदेशमा यथेष्ट रोजगारीका अवसर नहुनु तथा  छिटोछिटोे धन कमाउने चाहनाका कारण पनि  नेपालबाट ठूलो संख्यामा महिला र पुरुष विदशिने क्रम बढेको छ ।

तर यीमध्ये अधिकांश महिलाहरुलाई दलालहरुले नेपालबाटै भारत तथा तेस्रो मुलुक पुर्‍याउने गरेको पीडितहरुको गुनासो देखिन्छ ।

संखुवासभाकी नाम परिवर्तन गरिएकी प्रमिला, २०७४ साल असारमा छिरिङ शेर्पा लामामार्फत् रोजगारीको लागि भन्दै कुवेत पुगिन् तर कुवेत पुगेपछि मात्रै थाहा भयो आफू त नेपालमै ७ लाख रुपैयाँमा बेचिएकी रहेछु भन्ने ।

उनका अनुसार यसरी बेचिनुमा छिरिङ शेर्पा लामा लगायत अनिता लामा र अर्जुन तामाङको पनि संलग्नता छ ।

उनीहरुले नेपालबाट महिला ओसारपसार गर्न कुबेतमा कार्यालय नै खोलेर बसेको उनको आरोप छ ।

कुबेत पुगेपछि आफू चार पटक बेचिनुपरेको प्रमिलाले गुनासो गरिन् । अन्त्यमा काम गर्न नसकेपछि ८ महिनामै भागेर एजेण्टकै सहयोगमा उनी दुतावास पुगिन् ।

२२ दिन दुतावासमा बसेर गत चैतमा नेपाल फर्केकी प्रमिलाले मानव बेचविखन तथा ओसारपसारको आरोपमा छिरिङ शेर्पा लामा, अनिता लामा र अर्जुन तामाङविरुद्ध जोहेरी दिएकी थिइन् ।

तर, जाहेरी दिएको १० महिना बितिसक्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ नगरेको प्रमिलाको गुनासो छ ।

प्रमिला त एक प्रतिनिधि पीडित मात्र हुन् यस्ता अरु धेरै पीडितहरुको व्यथा कहालीलाग्दो छ ।

स्वदेशमै खुल्लमखुल्ला सामान जसरी मानव बेचबिखन गर्ने अपराधिविरुद्ध सरकार पनि अलि कठोर हुने कि ?

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...