प्रदेश ५ का प्रदेशसभा सांसदले गरे मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग

news

                                              प्रदेशसभाका सदस्य ।                 तस्वीरः रासस

बुटवल, पुस २९ । प्रदेश ५ का सांसदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

आज बसेको प्रदेश ५ को प्रदेशसभा बैठकमा विपक्षी नेपाली कांग्रेसका सांसद फकरुद्दीन खाँले राष्ट्रको छवि धुमिल हुन नदिन पनि मन्त्री अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

सांसद खाँले मन्त्री अधिकारीलाई नहटाए उनले अध्यक्षता गर्ने कार्यक्रम लुम्बिनीका बासिन्दाले बहिस्कार गर्ने चेतावनीसमेत दिए ।

बैठकमा सांसद वीरबहादुर लामाले प्रदेश सरकारले खरिद गरेका गाडीमा भएको भ्रष्टाचार छानविनको माग गरेका छन् । बैठकमा अरु सांसदले पनि गाडी खरीदबारे छानविन गर्न माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले भने लेखा समितिले पुर्वाग्रही भएर आरोप लगाएको भन्दै मन्त्री अधिकारीको बचाउ गरेका छन् । पैसा पठाउँदैमा कोही भ्रष्टाचारी नहुने भन्दै मुख्यमन्त्री पोखरेलले सरकारको न्यायिक समितिले सत्य पत्ता लगाउने बताए ।

उता, प्रदेश ५ को गाडी खरीद प्रक्रियामा अनिमिताबारे लेखा समितिले छानविन गर्ने भन्दै हल्लाका भरमा नहिँड्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया