डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, आईसीयुमा राख्न सुझाव

news

इलाम । सात दिनदेखि इलाममा आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

इलाम जिल्ला अस्पतालमै अनसनमा बसेका डा. केसीको स्वास्थ्य प्रतिकूल हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

तर इलाम अस्पतालमा आईसीयु नहुँदा समस्या भएको छ । डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै अस्पतालमा रेफर गर्न सुझाव दिएका छन् । 

उपचारमा संलग्न डा. विजेन्द्रकुमार साहका अनुसार डा. केसीलाई तत्काल एन्टिबायोटिक औषधि दिनुपर्ने भए पनि केसीले नमान्दा निमोनिया फैलन सक्ने खतरा छ ।

डा. कसीको मुटुको गति ३० बाट बढेर २ सय ४० सम्म पुगेको छ ।

डा. केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता कम हुँदै गएको डा. साहले जानकारी दिए ।

डा. केसीको जीवनरक्षाको माग गर्दै इलाम बजारमा दिनहुँ ¥याली निकालिएको भए पनि सरकारी तबरबाट सुनुवाई भएको छैन ।

चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उहाँ १६ औं चरणको सत्याग्रहमा छन् ।

डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...