डा. केसीविरुद्ध अनशन बसेका थापाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

news

इलाम, माघ १ । प्रा. डा. गोविन्द केसीका मागकाविरुद्धमा अनशनमा बसेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएको छ ।

संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्नेलगायतका माग राख्दै इलामको चोकबजारमा अनशनमा बसेका थापाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार इलाम अस्पतालमा भर्ना गरिएको छ ।

थापा गएको पुस २७ गतेदेखि अनशनमा छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...