जनताको चाहनाअनुसार संविधान संशोधन गर्दै जानुपर्छ : दाहाल

news

धादिङ, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी र समुदायको अधिकारलाई सुनिश्चित गरेपनि पूर्ण नभएकाले संविधानमा संशोधन गर्दै लैजानुपर्ने बताएका छन् ।

मंगलबार धादिङमा लि लः फङ घले समाजले आयोजना गरेको ल्होसार कार्यक्रममा उनले जनताको चाहनाअनुसार संविधान संशोधन गर्दै जानुपर्नेे बताए ।

आदिवासी जनजातिको सूचीमा घले छुटेकाले उनीहरुलाई पनि सूचीकृत गराउन पहल गर्ने उनले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...