बिरामीको मृत्यु भएपछि राजविराज अस्पतालमा तनाव

news

शिवहरि भट्टराई (इमेज)

सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् ।

छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकैक्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

चिसो लागेर अस्पताल भर्ना गरिएका ५५ वर्षीय सदाको चिकित्सकले समयमै उपचार नगरिदिँदा मृत्यु भएको पीडित परिवारको आरोप छ ।

उनीहरुले अस्पतालको मुख्यद्वारमै टायर बालेर प्रदर्शन गरेका थिए भने त्यसक्रममा प्रहरीसित घम्साघम्सीसमेत भएको थियो ।

अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले सिकिस्त अवस्थामा अस्पताल ल्याइएका सदाको उपचारकैक्रममा मृत्यु भएको दाबी गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...