मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि मूल आयोजक समिति र १८ उपसमिति गठन

news

काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन १५ देखि ३० गतेसम्म सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भब्य, व्यवस्थित र उपलब्धीमुलक बनाउन अध्यक्ष कमल थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

अध्यक्ष थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको विस्तारित बैठकले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा मुल आयोजक समिति गठन गरेको हो ।

समितिमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, विभागका प्रमुखहरु, भातृ संगठनका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु सामेल छन् । मुल आयोजक समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य सुशील कुमार श्रेष्ठ छन् ।

मुल समिति अन्तर्गत विभिन्न १८ वटा उपसमितिसमेत गठन गरिएको छ । उपसमितिहरुमा बाह्य जिल्ला परिचालन समितिको संयोजकमा भास्कर भद्रा, सदस्यसचिवमा विशेश्वर शर्मा सुवेदी, अर्थ समितिको संयोजकमा उद्धव पौडेल, सदस्यसचिवमा तिर्थलाल चटौत, प्रचार प्रसार समितिको संयोजकमा मोहन श्रेष्ठ, सदस्यसचिवमा सुजित केसी, झाँकी निर्माण तथा गाडि व्यवस्थापन समितिको संयोजकमा इन्द्र चित्रकार भोजन व्यवस्थापन समितिको संयोजकमा भक्ति सिटौला, सदस्य सचिवमा विनोद भारती कार्यक्रम व्यवस्थापन तथा सभा संचालन समितिको संयोजकमा राजाराम बर्तौला, सदस्यसचिवमा रमानन्द न्यौपाने, आवास ब्यवस्थापन समितिको संयोजकमा राजेश गिरी, सदस्यसचिवमा अम्बिका अधिकारी, उपत्यका परिचालन तथा समापन समारोह समितिको संयोजकमा विक्रमबहादुर थापा, सदस्यसचिवमा नवराज सिंखडा छन् ।

त्यस्तै सामाजिक संजाल परिचालन समितिको संयोजकमा भरत प्रसाद पाठक, सहसंयोजकमा बिजय खड्का, सदस्यसचिवमा श्रीधर सुवेदी, धार्मिक अनुष्ठान संचालन समितिको संयोजकमा पुष्पराज पुरुष, सदस्यसचिवमा सुजन अधिकारी, साँस्कृतिक तथा भजन व्यवस्थापन समितिको संयोजकमा राज सागर, सदस्यसचिवमा गोविन्द डंगोल छन् ।

यसैगरी, उद्घाटन समारोह व्यवस्थापन समितिको संयोजकमा तेज कुरुम्बाङ्ग, सदस्यसचिवमा अमृत सवादेन, ट्राफिक व्यवस्थापन समितिको संयोजकमा उद्धव थापा, सदस्यसचिवमा हरिहर श्रेष्ठ, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समितिको संयोजकमा राजेन्द्र अधिकारी, सदस्यसचिवमा विष्णु बजगाई, कलश शोभा यात्रा व्यवस्थापन समितिको संयोजकमा कुन्ती कुमारी शाही, सहसंयोजकमा निना भेटवाल, स्वयंसेवक एवं युवा परिचालन समितिको संयोजकमा प्रकाश रिमाल, सहसंयोजकमा केदार धमला, सदस्यसचिवमा महेश बहादुर सिंह छन् ।

यस्तै बौद्ध धर्म समन्वय समितिको संयोजकमा लालध्वज लामा, सदस्यसचिवमा राम थोकर छन् ।

राप्रपाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको रुपमा कायम गर्न हिन्दुराष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरिरहेको छ । यसक्रममा यही माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन हुने जनाइएको छ । हिन्दुराष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियानलाई देशका सवै स्थानीय तहसम्म पु¥याउने उद्देश्यले माघ १३, १४ र १५ गते जनजागरण अभियान र सभा गरिने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए । यसका लागि केन्द्रीय प्रतिनिधिहरु खटाईएको उनले बताए ।

श्रेष्ठका अनुसार केन्द्रीय कार्य समितिमा रहेका प्रत्येक सदस्यले कम्तिमा एक दिन आफ्नो स्थानीय तहमा अनिवार्य रुपले सहभागी हुनुपर्ने निर्णय गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...