सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु

news

कैलाली, माघ ४ । सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

दोस्रो अधिवेशन सकिएको करिब साढे तीन महिनापछि बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी सांसदले आलोचना गरे ।

सत्तापक्ष सांसदले भने सरकारको बचाउ गरे ।

प्रतिपक्षी सांसदहरुले सरकार सुस्त हुँदा जनताले सरकार भएको अनुभूति गर्न नसकेको, विकास बजेट खर्च हुन नसकेको, शान्ति–सुरक्षा कायम गर्न नसकेकोलगायतका विषयमा सरकारको आलोचना गरेका थिए ।

यस्तै, सत्तापक्ष नेकपाका सांसदहरुले भने विभिन्न संरचनाको व्यवस्थापन आफैं गर्नुपरेकाले प्रदेश सरकारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरेका थिए ।

अनावश्यकरुपमा सरकारको विरोध गर्नुभन्दा पनि रचनात्मक सहयोगका लागि सत्तापक्षका सांसदले प्रतिपक्षीलाई आग्रह गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...