गाईगोरी तस्करीमा बालबालिकाको प्रयोगः प्रहरी-प्रशासन मुकदर्शक

news

कपिलवस्तु । देशको राष्टि«य जनावर गाईको ओसार–पोसारमा बालबालिकाको व्यापक प्रयोग हुने गरेको पाएको छ ।

एक जोडी गोरु बहादुरगंज हाट बजार देखि तस्करीको अखडामा ल्याए बापत पाँचसय रुपैयाँ पाउने भएपछि बालबालिकाहरु ओसार पोसारमा लागेको पाईएको हो ।

गाई तस्करीमा बालबालिकाको प्रयोग गर्दा जोखिम कम भएको कारण तस्करहरुले बालबालिकाको प्रयोग गर्दै आएका छन ।

जिल्लाको बहादुरगंजमा लाग्ने सोमवार पशुहाट बजारबाट अखडासम्म गाई तस्करी गर्नेको लागी सो दिन बालबालिकाहरु विद्यालय नजाने गरेको स्थानीयको भनाई रहेको छ ।

जाडो मौसममा काम कम भएकोले घरमा यतिकै बस्नुभन्दा गाई ओसार पसारमा लाग्दा राम्रो आम्दानी हुन्छ । त्यसैले गाई ओसार पसारमा लागेका बालबालिकाका अभिभावकले बताउँछन ।

आम नागरिकका लागि बिहान ८ बजे देखि राति १० बजेसम्म भन्सार खुलेको हुन्छ तर तस्करहरूको लागि २४ सै घण्टा खुलेको पाईएको छ ।

गाई चराउने बहानामा तस्करहरू हाट बजारमा गाई ल्याउनु भन्दा पहिला नै कागज पत्र तैयारी अवस्थामा हुन्छ स्थानीय बताउछन ।

सोधपुछ गर्दा १४ बर्षीय बालबालिकाले भने हाट बजारबाट तस्करीको अखडा स्थलमा एकजोडी गोरु ल्याईदिए वापत पाँच सय रुपैंयाँ पाउने गरेको उनको भनाई रहेको छ ।

शिवराज नगरपालिका– ७ जवाभारी र लालपुर गाँउ गोरु तस्करहरुको मुख्य क्षेत्र बनेको छ ।

शिवराज नगरपालिका वडा न ११ र वडा न ७ को सिमानामा पर्ने लालपुर गाँउ देखि ५०० मिटर दक्षिण र जवभारी गाँउको उत्तर क्षेत्रमा गाईहरु जम्मा गरि ट्रकमा लोड गर्ने गरेको स्थानियले बताएका छन् ।

प्रदेश ५ अन्तरगत रहेको स्थानिय तह कृष्णानगर नगरपालिकाकासंग जोडिएका भारतीय सिमा नाकाबाट नेपालतर्फ गाँउ क्षेत्रको बाटो प्रयोग गरी दिनहुँ सयौंको हाराहारीमा गाई तस्करी भईरहेको छ ।

यस विषयमा पटक,पटक कुरा उठाए पनि स्थानीय प्राशासन मौन रहेको स्थानीयहरुले गुनासो गरेका छन ।

स्थानीय केही नेताहरुको संरक्षण पाएका तस्करहरु लामो समय देखि यस क्षेत्रलाई गाई तस्करीको मुख्य अड्डा बनाएका छन ।

चन्दौटामा रहेको वडा प्रहरी कार्यालयलाई छलेर रातको समयमा ट्रकमा लोड गरि राजमार्गको बाटो हुँदै पूर्वी नेपालको इलाम र सुनसरीसम्म पुर्‍याउने गरेको र त्यहाँबाट बंगलादेशसम्म निकासी हुने गरेको स्रोतले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...