२५० ओटा स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण

news

काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले २५० ओटा स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सातै प्रदेशका सामाजिक विकासमन्त्रीलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेका हुन् ।

जसमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय र उपक्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, जिल्ला अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रहरु रहेका छन् ।

केन्द्र सरकारअन्तर्गत् ९

केही दिनअघि सरकारले ९ ओटा अस्पतालाईमात्रै केन्द्र सरकारअन्तर्गत् राख्ने निर्णय गरेको थियो । जसअनुसार वीर अस्पताल, पाटन, कान्ति बाल अस्पताल, प्रसूतिगृह, नरदेवी अस्पताल, सिंहदरबार वैद्यखाना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, वर्न अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रदेश सरकारअन्तर्गत् रहेका अस्पतालहरुमा दरबन्दीसमेत मिलान गरिसकेको छ ।

यस्तै, १५ शय्यासम्मका अस्पताललाई भने स्थानीय सरकारअन्तर्गत् राखिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया