सरस्वती र धर्मबहादुर उत्कृष्ट भलिबल खेलाडी घोषित

news

काठमाडौं, माघ ११ । सशस्त्र प्रहरीको एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्मबहादुर भट्ट वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् ।

शुक्रबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एनभीए अवार्ड कार्यक्रममा सरस्वती महिलातर्फ र धर्म पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

यस्तै, महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा सशस्त्रका विनोदबहादुर चन्द उदयमान खेलाडी घोषित भए ।

त्यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षकको महिलामा सशस्त्रका ज्ञानेन्द्र बिष्ट, पुरुषमा आर्मीका कपिलकिशोर श्रेष्ठ चुनिए ।

विजेता सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ सशस्त्र र पुरुषतर्फ आर्मी उत्कृष्ट टिम घोषित हुँदै समान एक/एक लाख रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा भलिबल खेललाई सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाईसमेत सम्मान गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...