अश्लील भिडियोबारे अनुसन्धान जारी : प्रहरी

news

काठमाडौं, माघ ११ । सार्वजनिक सवारी–साधनभित्र भएको अश्लील क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सूक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाइ कारबाही गर्ने बताए ।

प्रहरीले शुक्रबारै एक विज्ञप्तिमार्फत् हाल सामाजिक सञ्जालमा देखिएको अश्लील भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पस्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा आएको भिडियोको प्राविधिक पक्षबारे विश्लेषण भइरहेकाले अहिले नै यकिन भन्न नसकिने बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...