आहा ! रारा गोल्डकप फागुन ९ देखि, विजेतालाई ८ लाख

news
फाइल तस्वीर ।

प्रदीप पौडेल (इमेज)

पोखरा, माघ १२ । १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी विजेताले योपालि ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार रुपैयाँ नगद पुरस्कार जित्ने जनाएको हो ।

क्लब अध्यक्ष केशवबहादुर थापाले प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गरिएको बताए ।

आगामी फागुन ९ देखि १८ गतेसम्म हुने सो प्रतियोगितामा ‘ए’ डिभिजन क्लब, विदेशी र आयोजक टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका एकजनालाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सर्वाधिक गोलकर्ता, ‘फेयर प्ले’लगायतका विधागत पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ ।

सो प्रतियोगिताबाट एक करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख दुई हजार रुपैयाँ बचत गर्ने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...