स्पेनिस लिगमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

news

काठमाडौं । स्पेनिस लिग फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गएराति गेटाफेलाई २–० ले हरायो ।

एथ्लेटिकोलाई विजयी गराउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड खाएपछि टोली ९ जनामा सेमटिएको थियो ।

ला लिगाकै अर्को खेलमा सेभियाले लेभान्तेलाई ५–० ले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को जित निकाल्यो ।

ला–लिगा फुटबलमा आज पाँच खेल हुनेछन् । आज शीर्ष स्थानको बार्सिलोनाले जिरोनासँग खेल्दा चौथो स्थानको रियाल मड्रिडले ईस्पानियोलसँग खेल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...