बर्नलेलाई पाखा लगाउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

news

काठमाडौं । प्रिमियरसिप प्रतिद्वन्द्वी बर्न्लेलाई पाखा लगाउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

गएराति भएको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले बर्नलेलाई ५–० ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन ग्याब्रियल जिसस, बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे । बन्र्लेका केभिन लङले एक आत्मघाती गोल गरेका थिए ।

एफए कप चौथो चरणका अन्य खेलहरुमा ए.एफ.सी विम्बल्डनले वेष्ट ह्याम युनाईटेडलाई ४–२ ले हराउँदा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्‍यो ।

यसैगरी स्वान्सी सिटीले गिलिङ्घमलाई ४–१ ले पराजित गर्दा मिलवालले एभर्टनमाथि ३–२ को जित निकाल्यो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...