बाघको हड्डीजस्तो देखिने वस्तुसहित पक्राउ

news

काठमाडौं, माघ १३ । काठमाडौंको दक्षिणकालीबाट बाघको हड्डीजस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेला पारेको हो । 

सोही विषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट पक्राउ गरिएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...