डा. केसीको समर्थनमा चिकित्सकहरुको रिले अनशन जारी

news

काठमाडौं, माघ १५ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा मंगलबार पनि चिकित्सकहरु रिले अनशनमा बसेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि देशभर रिले अनशन सुरु भएकोमा मंगलबार काठमाडौंभरिका चिकित्सकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भेला भइ रिले अनशन बसेका हुन् ।

अस्पताल प्रशासनले भने रिले अनशनमा बसेका चिकित्सकहरुको पाल र ब्यानर सोमबार राति नै झिकिदिएको भन्दै चिकित्सकहरु आक्रोशित भएका थिए । उनीहरुले पुनः पाल टाँगेर बसेका थिए ।

स्वास्थ्य अवस्था भने खस्कँदै

डा. केसीको स्वास्थ्य अवस्था भने खस्कँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. केसीको छाती र मुटुमा समस्या देखिएको छ भने रगतमा सेतो रक्तकोसिका कम हुँदै गएको डा. प्रमेश श्रेष्ठले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया