मनाङेको शपथमा विपक्षीको विरोध, भारतीय गाडी चढेर प्रदेशसभामा पुगे मनाङे

news

पोखरा, माघ १५ । मनाङ ‘ख’बाट गन्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई शपथ दिलाएको भन्दै प्रदेशसभाका तीनओटै प्रतिपक्षी दलले विरोध गरेका छन् ।

गन्डकी प्रदेशको प्रदेशसभामा मंगलबार विशेष समय लिएर बोल्दै विपक्षी सांसदहरुले सभामुखको निर्णयबाट गलत नजिर बसेको भन्दै विरोध गरेका हुन् ।

गन्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोमबार मनाङगेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

भारतीय गाडी चढेर प्रदेशसभामा

यसैबीच, शपथ लिएको भोलिपल्ट मंगलबार प्रदेशसभाको बैठकमा भाग लिन मनाङे भारत, विहारको नम्बरप्लेटको गाडी चढेर गएका थिए ।

प्रदेशसभा भवनको परिसरभित्र सरकारी नम्बरप्लेटका गाडीहरुमात्रै राख्न पाइनेमा मनाङेले विहारी नम्बरप्लेटको गाडी लगेर राखेपछि अरु सांसदहरु आश्चर्यचकित भएका थिए ।

मनाङेले आफूले दैनिकरुपमा पैसा तिरेर भारतीय गाडी चढेको भन्दै फाल्तु कुरामा समय नफाल्न पत्रकारलाई अर्ति दिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया