भेनेजुएलाका विपक्षी नेता जुआन गुइडोलाई देश छाड्न प्रतिबन्ध

news

काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता जुआन गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

अदालतले उनको बैंक खातासमेत रोक्का गरिदिएको छ । गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकालगायतका देशले समर्थन जनाएका छन् ।

गुइडोको घोषणाले भेनेजुएलामा तनाव बढिरहेका बेला त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै बैंक खातासमेत रोक्का गर्ने अदालतको आदेशले थप तनाब बढ्ने आशंका गरिएको छ ।

त्यहाँको विपक्षी दलले पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक भएदेखि नै त्यसप्रति असहमति जनाउँदै आन्दोलन गर्दै आएको छ ।

विपक्षी दल र तिनका नेतालाई अमेरिकाले खुलेआम समर्थन गर्दै आइरहेको छ भने रसिया, चीनलगायत देशको सहानुभूति राष्ट्रपति निकोलस मदुरोलाई छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...