जिरोनालाई हराउँदै रियाल मड्रिड सेमिफाइनलमा

news

काठमाडौं, माघ १८ । उपाधि दाबेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियाललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले एक गोल थपे । पहिलो लेगको खेलमा रियालले जिरोनालाई ४–२ ले हराएको थियो ।

यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...