नेपाल–पाकिस्तानबीचको खेल स्थगित

news

काठमाडौं, माघ १८ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृंखलाअन्तर्गत् नेपाल र पाकिस्तानबीचको शुक्रबार हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।

पकिस्तानको फैसलावादमा शुक्रबार हुने तय भएको तेस्रो टी–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहेका सन्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिए ।

उनकाअनुसार शनिबार इस्लामावादको राहुलपिन्डी मैदानमा खेल हुनेछ ।

यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो ।

दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौं खेल हुनेछ ।

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषदको निमन्त्रणामा पाँच खेलको शृंखला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै, प्रशिक्षकमा रिजन प्रजु छन् ।

शृंखलाका लागि नेपालले करिब तीन साता तयारी गरेको थियो ।

नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान), भगवती अमगाइँ, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल रहेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...