भैरहवामा राष्ट्रिय योजना आयोगको प्रदेशस्तरीय परामर्श बैठक

news

भैरहवा, माघ २१ । राष्ट्रिय योजना आयोगको प्रदेशस्तरीय परामर्श बैठक रुपन्देहीको भैरहवामा सुरु भएको छ ।

परामर्श बैठकमा प्रदेश– ५ सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगका सदस्यसहित १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, नीजि क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ ।

कार्यक्रममा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले तीनवटै तहबीच समन्वय हुने गरी योजना बन्नुपर्ने र विकासका काममा पनि समन्वय हुनुपर्ने बताए ।

सामाजिक मनोविज्ञानलाई अध्ययन गरेर योजना तथा कार्यक्रम तय गर्नुपर्ने भन्दै उनले योजनावद्ध रुपमा विकासमा लागि परेपछि नेपालमा तीव्र आर्थिक विकास हुने बताए ।

योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउने गरी योजना निर्माणको काम भइरहेको बताए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रदेशको अवस्थादेखि योजनाका बारेमा चर्चा गरेका थिए । परामर्श बैठक आज सकिने छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...