नेकपालाई लोकतन्त्रको बाटोमा हिंडाउने जिम्मा कांग्रेसको होः सिटौला

news

धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ नेकपालाई नेपाली काँग्रेसले लोकतन्त्रको बाटोमा हिडाउनुपर्ने बताएका छन् ।

धनकुटामा आज पत्रकारसँग कुरा गर्दै सिटौलाले नेकपा अहिले पनि लोकतन्त्रको बाटोमा हिड्न नसकेकाले सो बाटोमा हिडाउने जिम्मेवारी आफूहरुको रहेको जिकिर गरे ।

बहुमतको बलमा तानाशाही व्यवस्था ल्याउन खोजे नेकपाका लागि घातक हुने बताउँदै उनले सरकारलाई आफूहरुले रचनात्मक सहयोग गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया