नेबिसंघले गरिरहेको सडक आन्दोलन कति उचित ?(भिडियो)

news

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध सडकमा ओर्लिएको छ ।

आफ्नै आन्तरिक संगठनलाई व्यवस्थित गर्न नसकेको नेविसंघले विद्यार्थीका मुद्दालाई ओझेलमा राखेर सडक तताउँदा त्यसले कत्तिको सार्थकता पाउँला ?

माउ पार्टी सरकारविरुद्ध आक्रामक देखिएपछि कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँ सडक आन्दोलन गरिरहेको छ ।

विद्यार्थीको हकहित र अधिकारलाई थाती राख्दै नेविसंघ राजनीतिक मुद्दा बोकेर सडक आन्दोलनमा उत्रिएको हो ।

सडक ठप्प पारेर गरिने आन्दोलनले जनतालाई सास्ती त दिएको छ नै यस्तो रवैयाले कत्तिको सार्थकता पाउँला भन्ने प्रश्न पनि उब्जाएको छ । मुख्यगरी सडकमा गुडेका सरकारी गाडिमाथि नेविसंघको पहिलो प्रहार छ ।

उसले सरकारी गाडिमा आगजनी गरेको छ । अरुलाई शान्तिपूर्ण आन्दोलन गर्न सिकाउने संगठनले हिंसात्मक स्वरुपलाई प्रश्रय दिनु कत्तिको उचित हुन्छ ?

नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले विद्यार्थी चेतनाका संवाहक भएकाले विद्यार्थीको अधिकारको लागि मात्र नभइ मुलुकमा हुने हरेक परिवर्तन विद्यार्थीकै नेतृत्वबाट सम्भव भएको बताउँछन् ।

त्यसो त सरकारकाविरुद्ध आक्रामक ढंगबाट सडकमा उत्रिएको माउ पार्टी कांग्रेसले पनि युवा विद्यार्थीहरुको जगमा आफ्नो आन्दोलनलाई अगाडि बढाएको छ ।

सरकारको गलत रबैयालाई सदन र सडकबाट जवाफ फर्काउन कांग्रेस उद्धत देखिन्छ । त्यही सडक आन्दोलनको हतियार बनेको छ नेबिसंघ ।

शान्तिपूर्ण आन्दोलन गर्नु जनताको नैसर्गिक अधिकार भए पनि सरकारले नसुन्दा हरेक आन्दोलन हिंसात्मक बन्दै गएका छन् ।

परिर्वतन र आफ्ना माग संवोधन गराउनकै लागि सडक आन्दोलन गर्ने पर्ने बाध्यता वास्तबमै विडम्बनापूर्ण छ ।

यसले पक्कै पनि कसैको हित गर्दैन । त्यसैले पनि बिद्यार्थी संगठनले यतातिर सोच्नु जरुरी देखिन्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...