एपिएफ पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा

news

पोखरा । सशस्त्र प्रहरीको एपिएफ पोखरामा जारी पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा जापानको रिस्सो विश्वविद्यालयमाथि जित हासिल गर्र्दै सशस्त्र फाइनलमा पुगेको हो । सशस्त्रले खेल टाइब्रेकरमा ४-१ ले जित्यो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

सशस्त्रका लागि सुदीप सिख्राकार, आशिष लामा, राजीव लोप्चन र राज नगरकोटीले गोल गरेका हुन् । रिस्सोका टाकुयाले मात्र गोल गरे ।

दोस्रो सेमिफाइनलमा शनिबार मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनी क्लब दाउफिन्स खेल्दैछन् ।

जिल्ला फुटबल संघ कास्कीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...