विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो

news

लखनउ, माघ २७ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत बिहीबार र शुक्रबारमात्रै भारतको कुशीनगरमा विषाक्त मदिरा सेवनका कारण १० भन्दा बढीको मृत्यु भएको थियो ।

यसैबीच अवैध मदिरा बेचबिखन गरेको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको छ । अवैध मदिरा बेचविखनमा कडाइ नगरेको भन्दै १० जना प्रहरीलाई निलम्बन गरिएको छ ।

गत वर्ष पनि भारतको कानपुरमा विषाक्त मदिरा सेवनका कारण २५ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...