नवयुग र देवीका उत्कृष्ट खेलाडी घोषित

news

झापा, माघ २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देवीका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च झापाले हिजो साँझ बिर्तामोडमा वितरण गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट वर्ष पुरुष खेलाडी र देवीकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् ।

नवयुगले फुटबलका विशाल राई (बी) र अनन्त तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । उनीहरु तीनैजना राष्ट्रिय टोलीका सदस्य हुन् ।

त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ जुडोकी देवीका खड्का घोषित भइन् । खड्काले कराँतेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बाफो सुब्बालाई पछि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् ।

उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देवीकाले स्कुटी पुरस्कार जितेका छन् ।

त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बा सम्मानित भएका छन् । उनले नगद ३५ हजार रुपैयाँसहित सम्मान र इस्ट होराइजन स्कुलको तर्फबाट नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार घोषित भए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...