बस र टेम्पो ठोक्किँदा एकजनाको मृत्यु

news

लहान, फागुन १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा बुधबार बिहान स्कुल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना४ख ४९०४ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको ना३च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया