पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत

news

काठमाडौं, फागुन १ । २०७५ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा मूल्यवृद्धि केही उकालो लागेको देखिएको हो ।

अघिल्लो वर्षकोे यसै अवधिमा यस्तो मुद्रास्फीति ४.० प्रतिशत रहेको थियो ।

यस अवधिमा आयातको वृद्धिदर ३०.५ प्रतिशत र निर्यातको वृद्धिदर १०.३ प्रतिशत रहेको जनाइएको छ ।

यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.२ प्रतिशत र अमेरिकी डलरमा १७.६ प्रतिशतले बढेको जनाइएको छ । शोधनान्तर स्थिति रु. ६३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

बैंकिङ कारोबारमा आधारित सरकारी खर्च ७.० प्रतिशतले घटेको र राजस्व संकलन २४.२ प्रतिशतले बढेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले बढेको जनाइएको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २०.२ प्रतिशत र कर्जाको वृद्धिदर २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया