भ्यालेन्टाइन मुडमा पवन र अभिलासाः हेर्नुहोस प्रेमिल तस्विरहरु

news

काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् । 

विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट गर्दै यस दिनलाई सभ्य र शिष्ट रुपमा मनाउन सन्देश दिएका छन् ।

विशेषगरी सहरका युवा पुस्ता १४ फ्रेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन–डे’ मा एक–आपसमा माया साटासाट गर्दै मनाउने गर्छन । यसैबीच मोडलद्वय पवन र अभिलासा जोडी पनि भ्यालेनटाईन डेमा प्रेमिल बनेको छ । यद्यपी, उनीहरुको तस्विरमा अश्लिलता भने देखिएको छैन ।

भ्यालेनटाइनको अवसरमा ललितपुरको लाकुरीभन्ज्याङमा पुगेर नवराज श्रेष्ठले प्रेमिल जोडीलाई क्यामेराको फ्रेममा अटाएका छन् । कोरियोग्राफर डिजे सन्दिप क्षेत्रीले जोडीलाई रोमान्टिक मुडमा उतारेका छन् ।

क्याथोलिक र रोमन नागरिकले मनाउँदै आएको ‘भ्यालेन्टाइन–डे’ अर्थात् प्रणय दिवस पछिल्लो समय पूर्वीय सभ्याताको अंगजस्तै भएको छ । नेपालमा यसले गतिलो प्रभाव जमाउँदै गइरहेको छ ।

तस्विरहरु सौजन्यः नवराज श्रेष्ठ

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...