अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको मृत्यु

news

काठमाडौं । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् ।

प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा पाँच जना प्रहरी घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो । 

कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया