नाइजेरियामा निर्वाचन सर्‍यो

news

काठमाडौं, फागुन ४ । नाइजेरियामा राष्ट्रपतीय र संसदीय निर्वाचन एक हप्तापछि सरेको छ ।

शनिबारका लागि घोषित चुनाव सुरु हुनु पाँच घन्टाअघि त्यहाँको निर्वाचन आयोगले निर्वाचन सारिएको घोषणा गरेको हो ।

आयोगका अध्यक्ष महोम्म्द याकुवाले स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि निर्वाचन सार्ने कठिन निर्णय लिएको बताएका छन् ।

निर्वाचन अब आगामी फेब्रुअरी २३ तारिखमा हुनेछ ।

सत्तारुढ र विपक्षी दुवै पार्टीले भने निर्वाचन सारेकोमा विरोध गर्दै निर्वाचन आफ्नो पक्षमा पार्ने खोजेको एकार्कामाथि दोषारोपण गरेका छन् ।

पछिल्लो केही दिनयता नाइजेरिया चुनावी हिंसाको मारमा पर्दै आएको छ ।

शुक्रबारमात्र उत्तर पश्चिमी क्षेत्रमा भएको हिंसामा ६६ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...