मुलुकको विकासका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

news

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा डोल्पो समाजले गरेको कार्यक्रममा उनले सडक, पूर्वाधारलगायतका निर्माणकार्य अघि बढेको भन्दै मुलुकलाई विकासको बाटोमा अघि डोर्‍याइने बताए ।

प्रधानमन्त्री ओलीले असुरक्षित, अतिदुर्गम र विकासका निम्ति बाधक बनेका बस्तीलाई अनुकूल स्थानमा सारिने बताउँदै यसका लागि प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे ।

उनले डोल्पामा रहेका ऐतिहासिक स्थलहरुलाई संरक्षण गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए ।

डोल्पाली समाजका अध्यक्ष निमा रिम्पोछेले डोल्पाको विकास र समृद्धिका साथै डोल्पाको सांस्कृतिक सम्पदा बचाउनका लागि विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा डोल्पाली समाजले डोल्पा जिल्लाको मारिम र क्याटो नाकार नाका बाह्रै महिना खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

कार्यक्रममा डोल्पाको भेषभूषा झल्कने सांस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया