समायोजनविरुद्ध सरकारी कर्मचारीहरु आन्दोलित, सामूहिक राजीनामा दिने चेतावनी

news

काठमाडौं, फागुन ५ । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजनको विरोध गर्दै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

समायोजनाविरुद्ध आन्दोलनका कार्यक्रम अघि सारेका उनीहरुले मागको सुनुवाइ नभए सामूहिक राजीनामा दिने बताएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान)ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरुको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ११औं तहसम्मका चिकित्सकलाई प्रदेश र गाउँपालिकामा नै खुम्चाउने र सरुवा, बढुवा नगर्ने नियतले समायोजन गर्न खोजिएको बताए ।

स्वास्थ्य मन्त्रालयले गत पुस २९ गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत् राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ ।

तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित भएका हुन् ।

आफूहरुको माग सम्बोधन नगरे आगामी शुक्रबारदेखि आकस्मिकबाहेकका अन्य सेवा बहिस्कार गर्ने र सामूहिक राजीनामासमेत दिने निर्णय गरिएको अध्यक्ष डा. पाण्डेले बताए ।

सबै सरकारी चिकित्सकहरुलाई केन्द्रअन्तर्गत् राखी स्वास्थ्य मन्त्रालयबाट नै परिचालन गराउनुपर्ने उनीहरुको माग छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...