लाली रुपन्देही–११ क्वाटरफाईनलमा प्रवेश

news

बुटवल फागुन ५ । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा लाली रुपन्देही–११ ले सुनसरी–११ लाई सडेन डेथमा हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ  ।

बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा आईतबार भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि सिधै पेनाल्टी सुटआउटको सहारा लिइएको थियो । पेनाल्टी सुटआउटमा ४–४ को बराबरी गोल भएपछि सडेन डेथमा खेल धकेलियो, जसमा रुपन्देही ११ भाग्यमानी बन्यो ।

आईतबारको खेलमा रुपन्देही–११ का विदेशी खेलाडी रामजीले म्यान अफ द म्याच हुँदै नगद १० हजार पुरस्कार पाए ।

सोमबार च्यासल यूथ क्लब र सिएमजी संकटा क्लबबीच खेल हुने आयोजक जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा विजेता हुने टिमले ८ लाख ८० हजार नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुनेले नगद ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

१३ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागी छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...