भारतको जम्मू–कश्मीरमा चार भारतीय सैनिकको मृत्यु

news

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा विद्रोहीसँग भएको मुठभेडमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ ।

जसमा एक जना मेजर रहेका छन् ।  सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा दुई जना चरपन्थी पनि मारिएका छन् ।

भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन ।

अपरेसन सुरु हुनासाथ चरमपन्थीले आक्रमण गर्दा २ जवानको मृत्यु भएको भारतीय सेनाले बताएको छ ।

गत विहिबार विद्रोहीले गरेको भीषण हमलापछि सेनाले पुलवामा जिल्लामा विशेष खोज अभियान चलाएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...