सीडीओ भट्टराईको पशुपति आर्यघाटमा अन्त्येष्टि

news

काठमाडौं, फागुन ६ । जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकाक्रममा उनको निधन भएको हो ।

गत माघ १२ गते भट्टराई सवार ना१झ १६३३ नम्बरको स्कार्पियो जिप बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित पसाहा पुलनजिक सडकमा रोकिराखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

भट्टराईको सोमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि, गृहमन्त्री रामबहादुर थापाले भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका थिए ।

अन्त्येष्टिकाक्रममा नेपाल प्रहरीको एउटा टुकडीले भट्टराईलाई सलामी दिएको थियो ।

उक्त दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

भट्टराईको परिवारजनले गत शनिबार पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गर्दै सूक्ष्म अनुसन्धानको माग गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया