निशानको नयाँ ‘किक्स’ गाडी स्थानीय बजारमा

news

काठमाडौं, फागुन ६ । नेपालका लागि निशान मोटर्सको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले निशानको ‘किक्स’ गाडी बजारमा ल्याएको छ ।

अत्याधुनिक सुविधाजनक यो गाडी सुरक्षित हुनुका साथै माइलेज पनि उच्च रहेको कम्पनीको दाबी छ ।

एन्ड्रोइड तथा एप्पल प्रणालीबाट सन्चालन गर्नसकिने ८ इन्चको टचस्क्रिन, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनिटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, स्टार्टलगायतका लागि भ्वाइस रिकग्निसन सिस्टमलगायतका अत्याधुनिक सुविधा किक्सका विशेषता रहेको जनाइएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले यो गाडी नेपाली उपभोक्तामाझ चाँडै नै लोकप्रिय हुने दाबी गरे ।

यो गाडीको स्थानीय बजार मूल्य ५७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया