सुदूरपश्चिमको एकमात्र संस्कृत विद्यापीठ १७ वर्षदेखि बन्द

news

डडेल्धुरा, फागुन ७ । सुदूरपश्चिमको एकमात्र संस्कृत विद्यापीठ १७ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको छ ।

नेपाल–भारत सीमास्थित डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँको महाकाली तटीय क्षेत्रमा विद्यापीठ रहेको छ । बन्द रहेको विद्यालय पुनः संचालनको माग स्थानीयले पटक–पटक राख्दै आएका भए पनि हालसम्म सुचारु हुन सकेको छैन ।

भगवान विष्णुको छैठौं अवतार तथा पर्शुरामको तपस्या गरेको प्रसिद्ध तिर्थस्थलमा रहेको वैदिक धर्म तथा कर्मकाण्ड विद्यापीठ २०५९ सालमा अज्ञात समूहबाट आगजनी भएपछि बन्द रहेको क्याम्पस प्रमुख पदमराज जोशी बताउँछन् । विद्यापीठ बन्द भएपछि बिद्यार्थीहरु भारतमा पढ्न जान बाध्य छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...