प्रदेश ५ सरकारको एक वर्ष अलमलमै ! (भिडियो)

news

केशव भण्डारी

बुटवल, फागुन ८ । संघीय संरचना अनुसार प्रदेश ५ को सरकार गठन भएको एक बर्ष पुरा भएको छ । यस अवधिमा प्रदेश सरकार संचालनसम्बन्धी नीति निर्माण त भए तर सुविधाजनक बहुमत हुँदा हुँदै पनि प्रदेशको नामाकरण र राजधानीको विषय भने सल्टिन सकेन ।

नागरिक अपेक्षा अनुसार काम गर्न नसकेको सरकारका एक बर्षको समय कर्मचारी र कार्यालय ब्यवस्थापनमै बित्यो ।

नेकपाका नेता शंकर पोखरेलको नेतृत्वमा निकै चुनौतीपूर्ण र चरम अपेक्षाको बीचमा गठन भएको प्रदेश सरकारको काम अपेक्षा र आवश्यकताका तुलनामा कमजोर देखिएको छ ।

प्रदेश सरकारले एक वर्ष पूरा गर्नै लागेको बेला गाडी खरिद प्रकरणमा ५३ लाखभन्दा बढी अनियमितता भएको विषयले सरकारलाई विवादित बनाएको छ ।

भिडियोमा हेर्नुहोस् प्रदेश सरकारको समीक्षा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...