एक वर्षसम्म सुदूरपश्चिम प्रदेश सरकार अलमलमै

news

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ९ । सुदूरपश्चिम प्र्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।

अन्य प्रदेशहरुमाजस्तै यस प्रदेशमा पनि सरकारले एक वर्षको अवधिमा उत्साहजनक प्रगति गर्न सकेन ।

स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाएको प्रदेशको बजेटको विकासतर्फको खर्च भने चरम निराशाजनक छ ।

कानुन, कर्मचारी तथा आवश्यक संगठन र संरचना नहुँदा गठन भएको एक वर्षसम्म सुदूरपश्चिम प्रदेश सरकार अलमलमै देखियो ।

चरम नागरिक अपेक्षा र विशाल चुनौतीबीच त्रिलोचन भट्टको नेतृत्वमा गठन भएको सरकारले एक वर्षको अवधिमा जनतालाई अनुभूति हुनेगरी आफ्नो उपस्थिति देखाउन सकेन ।

यद्यपि, कमी–कमजोरी र चुनौतीकैबीच पनि सरकारले आफूलाई सुधार्नसक्ने ठाउँ भने प्रशस्तै छन् ।

यस अवधिमा प्रदेश संसदबाट १८ ओटा कानुन पारित भइसकेका छन् ।

आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दासमेत विकास खर्च २ प्रतिशतको हाराहारीमा हुनु आफैंमा दिक्दारलाग्दो छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टपनि संघीयतापछि जनताको इच्छाअनुसार तीव्र विकास हुन नसकेको स्वीकार गर्छन् ।

संसदमा पर्याप्त मतसहितको सरकारबाट नागरिकले गरेको अत्यधिक आशा र अपेक्षा क्रमशः निराशातिर जान थालेको आभास हुन थालेको छ ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त भने सरकारका मन्त्रीहरु काममा केन्द्रित नहुँदा सरकारले प्रगति गर्न नसकेको टिप्पणी गर्छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...