ढोरेली सेवा समाजको रक्तदान

news

काठमाडौं, फागुन ११ । तनहुँको ढोर क्षेत्रको प्रचार–प्रसार एवं विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको ढोरेली सेवा समाज, काठमाडौंले रक्तदान कार्यक्रम गरेको छ ।

२०४६ सालको आन्दोलनका सहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवस पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा आयोजित कार्यक्रममा रक्तदान गरेका व्यक्तिहरुको निःशुल्क मिर्गौला परीक्षण एवं प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष रणबहादुर राउतले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ चिकित्सक, विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए ।

रगतको अभाव कम गराउन सहयोग गर्ने उद्देश्यले समाजले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...