रसुवागढीको सडक तत्काल स्तरोन्नति : मुख्यमन्त्री पौडेल

news

रसुवा, फागुन १२ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीनसँग सन्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीको सडक तत्काल स्तरोन्नति गरी सन्चालनमा ल्याइने बताएका छन् ।

आइतबार रसुवागढी आइपुगेका उनले सडक सन्चालनका लागि आवश्यक पहल गर्ने बताए ।

पासाङल्ह्यामु सडकको अवस्था नाजुक हुनु तथा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक महिनौं बित्दा पनि सन्चालनमा आउन नसकेको गुनासो स्थानीयले राख्दै आएपछि मुख्यमन्त्री पौडेल आइतबार रसुवा आएका हुन् ।

यता, स्थानीयले विगतमा रसुवागढीबाट केरुङसम्म निजी यातायात सन्चालन गर्न दिइएकोमा केही समययता रोक लगाइएको गुनासो गर्दै केरुङ जान निजी सवारी–साधन प्रयोग गर्न दिनुपर्ने माग गरेका छन् ।

स्थानीयहरुले मुख्यमन्त्री पौडेलसमक्ष १६ बुँदे माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...