प्रदेश नम्बर ५ को नाम टुंग्याउन सुझाव संकलन

news

भैरहवा । प्रदेश नम्बर ५ को नाम र राजधानी टुंगो लगाउन प्रदेशसभाको विशेष समितिले रुपन्देहीमा सुझाव संकलन सुरु गरेको छ ।

प्रदेशसभा गठन भएको एक वर्ष वितिसक्दासमेत नाम र राजधानीको टुंगो नलागेकाले यसलाई अन्तिम रुप दिन प्रदेशसभाअन्तर्गतको विशेष समितिले विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेको हो ।

सुझाव संकलन गर्न चार पानाको प्रश्नावली तयार गरी सोहीमार्फत सर्वसाधारणको सुझाव संकलन गरिएको छ ।

प्रश्नावलीमा राजधानीका विषयमा भौगोलिक सहजतादेखि सुरक्षासम्मका विषयवस्तु समेटिएका छन् ।

सुझाव संकलनको काम सकिए लगतै समितिले प्रदेशसभामा यसलाई पेश गरि प्रदेशको नाम र राजधानी टुंगो लगाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सुझाव संकलनकै लागि प्रदेश सभा सदस्यहरुको विभिन्न टोली बनाई अलग अलग जिल्लामा खटाइएको प्रदेश सभा सदस्य सरस्वती गौतमले जानकारी दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...