सुदूरपश्चिमका प्रदेशप्रमुखलाई एअर एम्बुलेन्सबाट नयाँदिल्ली लगियो

news

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन १६ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ ।

उनलाई बिहीबार एअर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो ।

प्रदेशप्रमुखलाई लैजान दिल्लीबाट एअर एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

उनको दिल्लीस्थित मेदान्त अस्पतालमा थप उपचार हुने प्रदेशप्रमुख मल्लका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।

यही फागुन ५ गते स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा धनगढीस्थित निसर्ग अस्पताल भर्ना भएका मल्ललाई सोही राति नेपाली सेनाको ‘नाइटभिजन’ हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो ।

त्यसपछि मल्लको मनमोहन मेमोरियल अस्पतालमा उपचार भएकोमा केही दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

७१ वर्षीय प्रदेशप्रमुख मल्ल कम्पन ज्वरोका कारण शारीरिकरुपमा कमजोर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...