शुक्रबार देखि २२ औं फ्लोरा एक्स्पो

news

काठमाडौं । शुक्रबार देखि २२ औं फ्लोरा एक्स्पो शुरु हुँदैछ ।

पुष्प व्यवसायको विकास तथा पुष्प क्षेत्रमा भएका विभिन्न प्रविधिको बारेमा जानकारी दिने उदेश्यले फ्लोरीकल्चर एसोसियसन अफ नेपाल र कृषी ज्ञान केन्द्रको संयुक्त आयोजनामा हुन लागेको २२ औं फ्लोरा एक्स्पो २०७५ शुक्रबार देखि शुरु हुन लागेको हो ।

एक्स्पोमा मौसम अनुसारका विभिन्न फुल तथा सिँचाई प्रविधिका साथै जैविक प्रविधको बारेमा समेत जानकारी दिइने एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

“स्वच्छ वातावरण तथा आर्थिक संमृद्धिका लागी पुष्प व्यवसाय” भन्ने नाराका साथ  आयोजना गर्न लागिएको मेलामा ८४ वटा स्टलहरु रहने जनाइएको छ ।

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन हुने मेला चैत्र ८ देखी १० गतेसम्म चल्ने छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...