कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको प्रारम्भिक बयान जारी

news

कन्चनपुर, चैत ५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूर मुद्दामा फरार रहेका तत्कालीन एसपी डिल्लीराज विष्टको कन्चनपुर जिल्ला अदालतमा प्रारम्भिक बयान लिनेक्रम जारी रहेको छ ।

मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका विष्टको प्रारम्भिक बयान जारी रहेको कन्चनपुर जिल्ला अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

दुईओटा मुद्दा भएकाले मंगलबार बयान लिने काम नसकिएको र बुधबार पनि बयान लिइने उनले बताए ।

विष्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

अंगुर जिसी अझै सम्पर्कमा आएनन्

विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातनाविरुद्धको कसूरमा गत पुस ३ गते उजुरी दिएका थिए ।

मुद्दाका अन्य आरोपी तत्कालीन प्रहरीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरीजवान चाँदनी साउद यसअघि जिल्ला अदालत कन्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...