आईपीएल खेल्न दिल्ली पुगे सन्दीप लामिछाने

news

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्न आज दिल्ली प्रस्थान गरेका छन् ।

यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज बिहान दिल्ली गएका हुन् । सन्दिपले दिल्ली क्यापिटल्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका हुन् ।

सन्दिपलाई पुरानै क्लब दिल्लीले आफूसँग राखेकोले उनको पारिश्रमिक यो वर्ष पनि अघिल्लो वर्षको बराबर २० लाख भारु हुनेछ ।

भारतमा शनिबारदेखि सुरु हुने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आठ टोली सहभागी छन् ।

सन्दिपको दिल्लीले पहिलो खेलमा चैत १० गते आइतबार मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीपले गत वर्ष पछिल्ला तीन खेलमा मात्र दिल्लीबाट खेल्ने अवसर पाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...